भारतको केरलाबाट नेपाल घुम्न आएका ८ भारतीय पर्यटक मकवानपुरको एक होटलमा बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको थाहा नगरपालिका–४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान उनीहरु बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नेपाल घुम्न आएका ४÷४ जना महिला पुरुष होटलमा बेहोस अवस्थामा भेटिएको बताइएको छ । उनीहरु सबैलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पु¥याइएको छ । भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए ।
तीमध्ये ८ जना ग्यास हिटर बालेर एउटै कोठामा सुतेका थिए त्यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने प्रहरीको आशंका छ । तर बेहोस हुनुको कारण भने अहिलेसम्म केही खुल्न सकेको छैन ।




















प्रतिक्रिया