रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ९ नम्बर वडा कार्यालयमा आगलागी भएको छ । सोमबार बिहान अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।
आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुकुमप पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले जानकरी दिए । आगलागी भएको जानकारी पाउन वित्तिकै इलाका प्रहरी कार्यालय बाँफिकोट र अस्थायी प्रहरी चौकी छिन्खेतबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।
कसले र किन आगजनी गरेको हो ? भन्ने अहिलेसम्म केही नखुलेको डिएसपी केसीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले विप्लव समूहको संलग्नता रहेको हुनसक्ने अनुमाण गरेको छ । तर अहिलेसम्म घटनाको कसैले पनि जिम्मा लिएको छैन ।




















प्रतिक्रिया