Logo

मनोरञ्जन

रेखालाई दर्शकको प्रश्न : ‘बिहेको कार्ड कहिले छापिन्छ’ ?



छविराज ओझासँग डिभोर्स भएपछि नायिका रेखा थापाले अहिले एक्लो जीवन बिताइरहेकी छिन् । जसका कारण उनले पनि विवाहको प्रश्नको सामना गर्नुपरेको छ । उनले केहीसमय अघि आफूले समय आएपछि पक्का विवाह गर्ने बताएकी थिइन् ।

जसका कारण फ्यानले उनलाई विवाह कहिले गर्ने भनेर प्रश्न गरिरहेका हुन्छन् । हिजो नायिका प्रियंका कार्की र आयुष्मानको विवाहको रिसेप्सनमा पुगेकी रेखालाई विवाहको कार्ड कहिले छापिने भनेर प्रश्न गरिएको थियो ।

जहाँ उनले जिस्कदैँ छिट्टै भनिन् । तर उनले विवाह लेखान्तमा हुने बताइन् । समय आएपछि विवाह गर्ने उनले बताएकी छिन् । कामको कुरा गर्नुपर्दा उनी वैशाखदेखि नयाँ चलचित्रमा व्यस्त हुदैँछिन् । जहाँ उनीसँग दयाहाङ राई र सौगात मल्ल पनि देखिनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार १७:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।