Logo

प्रमुख समाचार

नेपाल भित्रीयो कोरोना भाइरस



विश्वभर स्वास्थ समस्या निम्त्याएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण नेपाल भित्रिएको आशंका गरिएको छ । विश्वस्वास्थ संगठनले कोभिड – १९ संक्रमण फैलन सक्ने चेतावनी दिएको एक दिन नबित्दै नेपालमा दुई जनामा कोभिड – १९ को संक्रमणको आशंका गरिएको हो ।

चीन र दक्षिण कोरिया बाट नेपाल फर्किएका दुई जनामा कोभिड – १९ संक्रमणको संकेत देखिएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

कोभिड – १९ को संक्रमण आशंका गरिएका दुई जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखि आवश्यक परिक्षण भै रहेको अस्पतालले पुष्टि गरेको छ ।

यो सँगै नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) भित्रीएको आशंका गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार १०:१८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।