Logo

अन्तर्राष्ट्रिय

पोर्न फिल्म खेल्ने घोषणा गरेकी निर्देशककी छोरी गिरफ्तार



हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलवर्गकी छोरी मिकायला जर्जले हालै पोर्न स्टारको रूपमा आफ्नो करिअर सुरु गर्ने घोषणा गरेकी थिइन् । यो घोषणाले चर्चामा आएकी उनी अहिले फरक कारण फेरि चर्चामा आएकी छन्। मिकायलालाई घरेलु हिंसाको आरोपमा पुलिसले हिरासतमा लिएको छ ।

खबरअनुसार मिकायलालाई शनिबार बिहान घरेलु हिंसाको अपराधमा गिरफ्तार गरिएको हो। त्यो समय उनी पति चक पैनकोवसँग बस्दै आएकी थिइन्। चक एक पेसेवर खेलाडी हुन् । चकले पनि यो खबरको पुष्टि गरेका छन् । तर उनले मारपिटबारे पूरा जानकारी भने दिएका छैनन्।

मिकायलाले हालै एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीमा आफ्नो करिअर बनाउने घोषणा गरेकी थिइन् । मिकायलाले आफूले एडल्ट भिडियो बनाउन सुरु गरेको पनि बताएकी थिइन् । उनका पिता यो विषयलाई लिएर निकै चिन्तित छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलवार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।