Logo

राजनीति

Breaking news…कोराना प्रभावित सबै देशको लागि श्रम स्वीकृति दिने कार्य स्थगित



सरकारले कोराना भाइरस (कोभिड – १९) प्रभावित सबै देशको लागि श्रम स्वीकृति दिने कार्य स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को समस्यालाई ध्यानमा राख्दै नेपाल सरकारले कोरोना भाइरस प्रभावित सबै देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गरेको हो ।

कोरोना भाइरस रोकथामको लागि आवश्यक सतर्कता अपनाउने प्रयास स्वरुप यस्तो कदम चाकिएको सरकारले जनाएको छ ।

छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण बाट विश्वका ६० भन्दा धेरै देश प्रभावित भएका छन् ।

अर्को छिमेकी मुलुक भारत देखी नेपालीको रोजगारीको लागि रोजाइमा रहेका मुलुक दक्षिण कोरिया, जापान हुँदै मध्यपूर्वका देशहरू, अमेरिका, अष्ट्रेलिया र युरोप समेत कोरोना भाइरस (कोभिड – १९) बाट प्रभावित बनेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलवार ११:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।