Logo

प्रमुख समाचार

भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि औषधि व्यवस्था विभागको आकस्मिक बैठक



छिमेकी मुलुक भारतले प्यारासिटामोल सहितका २६ प्रकारका औषधि र त्यसको कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि उत्पन्न हुनसक्ने परिस्थितिबारे छलफल गर्न आवश्यक तयारी गर्न भन्दै औषधि व्यवस्था विभागको आकस्मिक बैठक बसेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि उसले २६ प्रकारका औषधि र त्यसका कच्चा पद्धार्थ निर्यातमा मंगलबारदेखि रोक लगाएको छ । नेपालमा यी औषधिको कच्चा पद्धार्थ भारतबाटमात्र आयात हुँदै आएको थियो । यसरी भारतले निर्यात रोकेपछि मौजादको अवस्थाबारे छलफल गर्न उत्पादक, वितरक र विभागबीच आकस्मिक छलफल भएको विभागले जनाएको छ ।

३ महिनाका लागि मौजाद रहेको जानकारी आएको विभागको भनाइ छ । विभागले भारतसँग यो विषयमा कुटनीतिक रुपमा छलफल गर्नुपर्नेसमेत बैठकले निश्षर्क निकालेको बताए। उनले पारा सिटामोलको इन्जेक्शनमा समस्या आउन सक्ने बताए । यस्तै कोरोना भाइरसको आतंकसँगै नेपालमा मेडिकल मास्कमा देखिएको अभावबारे पनि छलफल भएको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार १७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।