Logo

प्रमुख समाचार

रुघाखोकी लागेपछि आराम गर्दै प्रचण्ड, कोरोना संक्रमणको आशंका



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थमा समस्या देखिएपछि निवासमै आराम गरिरहेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डलाई केही दिनदेखि रुघाखोकीले सताएको छ । विश्वभर कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिएको बेलामा कोरोना संक्रमण हुन सक्ने सम्भावना रहेको भन्दै चिकित्सकले आराम गर्न र भेटघाट नगर्न सुझाव दिएपछि उनी आराम गरिरहेका छन् ।

‘सामन्य रुघाखोकी हो, अध्यक्ष अहिले आराम गरिरहनु भएको छ । त्यसकारण केहि दिनका लागि भेटघाट बन्द गरिएको छ ।’ सचिवालयले जानकारी दियो । कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार १६:३६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।