विश्वभर स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) बारे आवश्यक रणनीति तय गर्नको सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अध्यक्षता गर्ने उक्त बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई बोलाइएको छ ।
उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्चस्तरीय समिति समेत गठन गरेको थियो । समितिको बैठक दुई पटक बसिसकेको छ ।
बुधबार तीन बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।




















प्रतिक्रिया