दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर स्वास्थलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थमा समस्या देखिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनलाई अहिले सामन्य ज्वरो बढेको छ । यो सँगै उनलाई चिकित्सकको थप निगरानी आवश्यक रहेको उपचारमा संलग्न चिकित्सकहरूले महशुस गरेको जनाइएको छ ।
यो सँगै प्रधानमन्त्री ओलीको अस्पताल बसाइ लम्बिने संकेत मिलेको छ । अहिलेसम्म उनको ज्वरो सामन्य नै रहेको भएपनि त्यो बढ्न सक्ने आशंकामा चिकित्सकहरूले निगरानी बढाएका छन् ।
यो सँगै केहिदिन भित्रै डिस्चार्ज हुने भनिएका प्रधानमन्त्री ओलीको अस्पताल बसाइ लम्बिने भएको हो । स्वास्थमा सुधार भएसँगै अस्पताल बाट डिस्चार्ज भएपनि प्रधानमन्त्री ओली सामन्य अवस्थामा फर्किन ६ महिनादेखि एक बर्षसम्म लाग्ने चिकित्सकहरूको भनाइ छ ।




















प्रतिक्रिया