Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसका कारण भारतमा एक जनाको मृत्यु



कोरोना भाइरस (कोभिड – १९) का कारण भारतमा एक जनाको मृत्यु भएको छ । साउदी अरेबिया बाट हालै भारत फर्किएका एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

कर्नाटक राज्यको स्वास्थ विभागले तेलगंनाको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जनाएको छ । उनी साउदी बाट फर्किएपछि श्वासप्रश्वासमा समस्या भएको र खोकी लागेको भन्दै अस्पताल भर्ना भएको जनाएको छ ।

उनलाई पाँचदिनअघि एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनको प्रारम्भिक रिपोर्टमा कोरोना भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार ०८:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।