Logo

समाचार

उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु, छ हजार संक्रमित



उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको दाबी गर्दै आएको छ । उसको छिमेकी देशहरु चीन र दक्षिण कोरियामा भाइरसले भयावह अवस्था ल्याएको छ । रुसमा पनि संक्रमण फैलिएको छ । तर, कम्युनिस्ट शासन रहेको मुलुक उत्तर कोरिया संक्रमण आफ्नो देशमा रहेको मान्न तयार छैन ।

दक्षिण कोरियाको दैनिक एनके न्युज एजेन्सीले उत्तर कोरियामा कोरोना भाइरसको संक्रमणबाट दुई सय सैनिकको मृत्यु भएको खबर प्रकाशन गरेको छ । चार हजारभन्दा बढी मानिसहरु भाइरसको संक्रमणबाट क्वारेन्टाइनमा राखिएको उल्लेख गर्यो ।

उत्तर कोरियाले कोरोना भाइरसका विरामीलाई फाँसी दिएको विषय पनि नआएको होइन । यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

दक्षिण कोरियाको सरकार नजिकको योन्ह्याप न्युज एजेन्सीले उत्तर कोरियामा दश हजार मानिस संक्रमित भएको हुनसक्ने आशंकामा परीक्षण गरिएका थिए । तीमध्ये छ हजारमा संक्रमण भेटिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार ११:२५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।