Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: बिहारमा एकको मृत्यु



छिमेकी देश भारतमा कोरोनाको संक्रमण बढ्दो छ । आइतबारसम्म संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो पट मृत्यु हुने व्यक्ति नेपालसँग सीमा जोडिएको बिहारका छन् ।

बिहारको राजधानी पटनाको एम्स अस्पतालमा एक व्यक्तिको मृत्यु भएसँगै कोभिड –१९ का कारण भारतमा मृत्यु हुनेको संख्या ६ पुगेको हो । आइतबार नै मुम्बईमा एक व्यत्रिःको मृत्यु भएको छ ।

हालसम्म भारतमा कोरोनाका कारण संक्रमितको संख्या ३ सय ३३ पुगेको छ। आइतबारसम्म विश्वभर ३ लाख ८ हजार ५४० कोरोनाबाट संक्रमित छन् ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पनि संक्रमण बढीरहेको छ । यूपीमा २५ भन्दा धेरै संक्रमित भइसकेका छन् । भारतमै एक प्रदेशले अर्काे प्रदेशसँग नाका बन्द गरिसकेका छन् । तर, नेपाल भारत सीमा भने बन्द हुन सकेको छैन । नेपालले यसबारे प्रस्ताव गरेपनि भारतले सहमति नजनाएको बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १३:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।