कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिएको समयमा विपत्तिको सामना गर्न पूर्व लडाकुलाई स्वयंसेवकको रूपमा परिचालन गर्न आग्रह गरेको छ ।
विपतको घडीमा देश र जनताको लागि स्वयंसेवकको रूपमा परिचालित हुनको लागि आफूहरू तैयारी अवस्थामा रहेको बहिर्गमित पूर्व लडाकुकाका अध्यक्ष लेनिन बिष्टले अपिल गरेका छन् ।
कोरोना भाइरस महामारीको कारण पूरा देश ‘लकडाउन’ को अवस्थामा रहेको बेला देश र जनताको लागि जस्तोसुकै परिस्थिति सामना गर्न तैयार रहेको उल्लेख गर्दै सरकारले आफूहरूलाई उचित जिम्मेवारी दिन अपिल गरेका हुन् ।
बहिर्गमित पूर्व लडाकुका अध्यक्ष बिष्टले ‘न्यायको लागि पछि लडौंला अहिले देशको लागि सेवा गर्न’ दिन अपिल गरेका हुन् ।
तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा ३१ हजार भन्दै धेरै लडाकु रहेको संयुक्त राष्ट्रसंघीय राजनैतिक मिसन अनमिनले प्रमाणीकरण गरेको थियो ।





















प्रतिक्रिया