दश दिन पहिले भारतबाट घर आएका गुल्मी घमिरका एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्बर – ७ साविक घमिर गाविस वेदथलाका ६३ वर्षीय केयरसिंह विश्वकर्माको मृत्यु भएको हो ।
उनको मृत्युको कारण नखुलेपनि त्रासमा रहेका गाउँलेले कोरोना हो कि भन्ने आशंका व्यक्त गरेका छन् । पहिले देखि नै दमको रोगी विश्वकर्माले कतै पनि आफ्नो स्वास्थ जाँच नगराएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कोरोना सँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिए पनि गाउँमा भने त्रासको वातावरण बनेको छ । उनी भारतको पञ्जावमा मजदुरीको काम गर्थे ।




















प्रतिक्रिया