Logo

प्रमुख समाचार

‘लकडाउन’ उल्लंघन गर्ने १००० बढी सवारी साधन प्रहरी नियन्त्रणमा



कोरोना भाइरस (कोभिड – १९) को संक्रमण फैलन नदिन सरकारले लागु गरेको ‘लकडाउन’ उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाका विभिन्न स्थान बाट नियन्त्रणमा लिएको छ ।

‘लकडाउन’ को अवज्ञा गर्ने १००० भन्दा बढी साना ठूला सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । अत्यावश्यक काममा निस्कने सवारी साधनलाई भने सामन्य चेकजाँच पछि जान दिइएको ट्राफिक महाशाखाको भनाइ छ ।

नियन्त्रणमा लिइएका सवारी साधनमा घर बाहिर निस्किएका सर्वसाधारणहरू ‘लकडाउन’ कस्तो चलिरहेको छ भन्ने हेर्नलाई निस्किएका मानिसहरूको संख्या धेरै रहेको ट्राफिक महाशाखाका एक अधिकृतले जानकारी दिए ।

‘लकडाउन’ को दोस्रो दिन सुरक्षाकर्मीहरूले पनि चेकजाँचलाई कडा बनाएको र अत्यावश्यक काम बाहेक बाहिर निस्केकालाई पुनः घरमै जान आग्रह गरेको समेत सुरक्षामा खटिएका प्रहरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।