Logo

समाचार

‘लकडाउन’ गरेर मात्रै कोरोना नियन्त्रण नहुने डब्ल्यूएचओको चेतावनी !



‘लकडाउन’ अर्थात हिँडडुल र सवारी साधनको प्रतिबन्धले मात्रै कोरोना भाइरस (कोभिड – १९) नियन्त्रणमा नआउने सम्भव नरहेको चेतावनी दिएको छ । विश्व स्वास्थ संगठनले कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकोले ‘लकडाउन’ ले मात्रै कोरोना नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको हो ।

नेपाल सहित विश्वका विभिन्न मुलुकहरूले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भइरहेका बेला डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम गेहब्रेयसले ‘लकडाउन’ वा हिँडडुलमा गरिएको प्रतिबन्ध मात्र यसको रोकथामका लागि पर्याप्त नभएको बताएका छन् । विश्वमा तीन लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको भन्दै गेहब्रेयसले अझै पनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने धारणा राखेका हुन् ।

उनका अनुसार पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा संक्रमण पाइएकोमा अर्को ११ दिनमा दुई लाख मानिसमा यसको संक्रमण देखिएको थियो । त्यसपछि त्यसको चार दिनमै तीन लाख मानिसमा यसको संक्रमण पुग्नुले संक्रमण फैलने दर उच्च रहेको विश्व स्वास्थ संगठनले जानकारी दिएको छ ।

यसर्थ कोरोना नियन्त्रणको लागि ‘लकडाउन’मा मात्रै भर नपर्न आग्रह गरेको छ । प्रत्येक संक्रमण परिक्षण गरेर तथा संक्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरस विरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने विश्व स्वास्थ संगठनको भनाइ छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वान्टी समुहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ संगठनलाई पनि आमन्त्रण गरिएको छ । रोगका सम्भावित उपचारबारे उक्त बैठकमा छलफल हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्व स्वास्थ संगठनले ‘विश्वव्यापी महामारी’ घोषणा गरिसकेको छ । कोरोना भाइरस नियन्त्रणको लागि १०७ देशले ‘लकडाउन’ गरेका छन्, तर कोरोना नियन्त्रणमा आउनुको सट्टामा झन फैलिदैं गएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार २१:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।