Logo

प्रमुख समाचार

विपतको समयमा पनि तरुण उपाध्यक्ष चापागाईंको यस्तो प्रशंसनीय काम



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले दैनिक उपभोग्य सामाग्री खरिद गर्दा सामाजिक दुरी कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलन नदिन भन्दै सरकारले देशव्यापी लकडाउन गरेको समयमा उपभोग्य बस्तु (बिशेषत: खाना पकाउने ग्यास) पसल अगाडि उपभोक्ताको लामो लाइन लाग्ने गरेको देखिन्छ ।

उपाध्यक्ष चापागाईंले शुक्रबार काठमाडौंस्थित अनामनगरको बैद्यखानामा रहेको नेपाल ग्यासको डिपोमा शुक्रबार उपभोक्ताको रुपमा पुगेका चापागाइँले अस्तव्यस्त अवस्था देखेपछि सबैलाई लाइनमा बस्न लगाएका हुन् । सो कार्यमा चापागाइँलाई प्रहरी, उपभोक्ता र स्थानीयले सहयोग गरेका थिए ।

त्यस क्रममा चापागाइँले दैनिक उपभोग्य सामग्री खरिद गर्दा कम्तीमा एक मिटरका दुरी बनाउनुपर्ने भनेर सम्झाएका थिए । कोरोना भाइरसको संक्रमणको डर रहेको भन्दै चापागाइँले उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ता स्वयंले पनि समेचतना अपनाउनुपर्ने बताए ।

उपाध्यक्ष चापागाइँकै नेतृत्वमा ग्यास लिन आएका सर्वसाधारणहरूलाई व्यवस्थित रुपमा लाइनमा राखिएको थियो । एकअर्का वीच दुरी बनाएर ग्यासको लाइन व्यवस्थित बनाइएको थियो ।

उपाध्यक्ष चापागाइँले आफ्नो गाउँ, टोल, छिमेकमा हुने यस्ता खालका भिडभाडलाई व्यवस्थित बनाउन सबैले पहल गर्नुपर्ने बताए । उनले देशभरिका तरुणहरूलाई पनि कोरोना र स्वास्थ्यका विषयमा सचेतना अपनाउन आग्रह गरेका छन् ।

‘कतै यस्तै खालको अव्यवस्थित कुरा देखियो भने हामीले सर्वसाधारणलाई त्यसको बेफाइदा बारेमा सम्झाउनुपर्छ’, चापागाइँले भने, ‘हाम्रो सानो सहयोगले धेरैलाई सचेत बन्न सहयोग मिल्छ । देशभरिका तरुणले पनि राजनीतिकभन्दा पनि सामाजिक र व्यक्तिगत रुपमा यस्ता कार्य गर्नुपर्छ ।’

ग्यास लिन पुगेका तरुण उपाध्यक्ष चापागाइँले लाइन लामो देखेपछि ग्यास नलिएर फिर्ता भएका थिए । तर, उपभोक्ताहरूलाई दुरी कायम गराउन भूमिका खेलेका थिए ।उनले देशभरका सम्पूर्ण तरुणहरूलाई समेत आफ्नो वरिपरि रहेका उपभोग्य बस्तु पाइने स्थान वरपर हुने गरेको भिडभाडलाई व्यबस्थित गर्नको लागि समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार २०:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।