Logo

अन्तर्राष्ट्रिय

बेल्जियममा ‘बिरालो’मा पनि कोरोना संक्रमण भएको पुष्टि



बेल्जियमको ब्रसेल्समा कोरोनाको लक्षण देखाउने एउटा बिरालोको कोरोना भाइरस परिक्षण गरिएको छ र नतिजा बिरालोमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

बेल्जियम सरकारका प्रवक्ताले शुक्रबार ब्रसेल्समा यो एक पृथक मामिला भएको र जनावर र संक्रमित व्यक्तिको निकट सम्पर्कले यसप्रकारको नतिजा आउन सक्ने उल्लेख गरे ।

लिज विश्वविद्यालयको पशु चिकित्सा संकायका वैज्ञानिकहरूले सो जाँच गरेर दुर्लभ मामिलाहरूमा भाइरस मानवबाट जनावरमा सर्ने प्रमाणित गरे । कोरोना महामारी बिस्तारमा यी मामिलाको कुनै सम्बन्ध हुँदैन ।

खाद्य सुरक्षा प्राधिकरणका अधिकारीहरूका अनुसार ‘अहिलेसम्म कुनै घरपालुवा जनावरले यो भाइरस मानिस वा अन्य घरपालुवा जनावरमा सार्ने कुरा पुष्टि’ नभएको जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार ०७:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।