Logo

प्रमुख समाचार

‘सी’लाई प्रचण्डको पत्र-‘नेपाललाई सहयोग गर्न अपिल’



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड १९)को संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् ।

तीन दिनअघि पठाइएको पत्रमा प्रचण्डले कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा राष्ट्रपति सीलाई बधाई समेत दिएका छन् ।

“चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छुु ।” प्रचण्डले पत्रमा उल्लेख गरेका छन्, ‘कोरोना भाइरससँगको यो लडाइँमा जीत हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु ।’

अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले प्रचण्डले तीन दिनअघि पत्र पठाएको बताएकी छिन् । चीनमा कारोना भाइरसबाट ८१ हजार संक्रमित भएका थिए ।

ती मध्ये तीन हजार तीन सयको मुत्यु भइसकेको छ भने, ७५ हजार भन्दा बढीले स्वास्थ्यलाभ लिएका छन् । यस्तै दुई हजार ६ सय अझै संक्रमित छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।