‘लकडाउन’का कारण रोजगारी गुमाएर दैनिक गुजारा गर्न नसक्ने परिवारलाई अब स्थानीय तह अन्तरगतको वडा कार्यलयले पाल्ने भएको छ । गृह मन्त्रालयमा आइतबार बसेको आपुर्ति व्यवस्थापन बैठकले त्यसरी गुजारा गर्न नसक्नेमध्ये चार जनासम्मको परिवार र त्यसभन्दा माथीको संख्याको परिवारलाई दुई किसिमको दैनिक उपभोग्य बस्तुको कम्बो उपलब्ध गराउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले आपुर्ति व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी स्थानीय निकायलाई दिएको छ । आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन हुने छ ।
स्टोर वा बिक्रेताले बिक्री गर्दा न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी कम्बो प्याकेज बनाई बिक्री वितरण गर्ने पनि निर्णय गरेको छ । यसरी विक्री वितरण गर्दा विक्रेता र ग्राहक तथा ग्राहक – ग्राहकबीच एक मिटरको दुरी कायम गर्नुपर्ने छ ।




















प्रतिक्रिया