Logo

प्रमुख समाचार

कडा बन्यो लकडाउन: एक स्थानीय तहबाट अर्कोमा जान नपाइने



सरकारले जारी लकडाउनलाई झनै कडाइ गरेको छ । एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक कामबाहेक जान नपाइने निर्णय गरेको छ ।

त्यसको कार्यान्वयनको लागि सरकारले प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । यसैबीच लकडाउनको समय भने बढाइएको छैन । मन्त्रिपरिषदको शनिबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

स्थानीय तहको आवागमन नियन्त्रित गर्न स्थानीय तहलाई सरकारले आग्रह गरेको छ । सरकारले कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढीरहेका जिल्लाहरु कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार २०:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।