Logo

समाचार

कोरोना भाइरस भएको भन्दै फेसबुकमार्फत अफवाह फैलाउने पक्राउ



कोरोना भाइरसबारे अफवाह फैलाएको आरोमा कञ्‍चनपुरको बेलडाँडी गाउँपालिका २ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ  ।

फेसबुकमा महेन्द्रनगरको अञ्‍चल अस्पतालम कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ भन्दै सुनारले स्टाटस लेखेका थिए । फेसबुकमा स्टाटस पोस्ट गरी सर्वसाधारणमा अफवाह, डर, त्रास र भ्रम फलाउने कार्य गरेकाले सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।

सुनारलाई निवासबाटै पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको उनले बताए। सुनारले चैत २० गते फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने स्टाटस पोस्ट गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार ०६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।