Logo

अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित महिलाले जन्माइन स्वस्थ बच्चा



भारतको नयाँ दिल्लीमा शुक्रबार एक कोरोना संक्रमित महिलाले स्वास्थ बच्चालाई जन्म दिएकी छन् । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआईआईएमएस) मा उनले स्वस्थ बच्चालाई जन्म दिएको बताइएको छ ।

यसअघि एआईआईएमएसको फिजिसियोलोजी विभागमा कार्यरत उनका श्रीमानलाई कोरोना संक्रमण भएको थियो । उनको श्रीमानबाट पछि उनलाई कोभिड-१९ को संक्रमण भएको बताइएको छ ।

“शुक्रबार राति गरिएको शल्यक्रियाबाट उनले स्वस्थ बच्चालाई जन्म दिएकी छन् । उनको डेलिभरीको समयमा हाम्रो चिकित्सकीय टोलीले आवश्यक सावधानी अपनाएको छ । उनीहरुले पीपीई र अन्य सम्पूर्ण संक्रमणरहित सुरक्षा उपकरण अपनाएको थियो । डा. निरजा बाट्लाको नेतृत्वमा खटिएको चिकित्सकीय टोलीले उनको डेलिभरी गरेको हो,” मेडिकल प्रमुख डा. डीके शर्माले भने ।

मेडिकल अधिकारका अनुसार उनलाई आइसोलेसन वार्डमा राखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई दुध चुसाउँदा कोरोना संक्रमित आमाले मास्क लगाउनुपर्छ । त्यसैगरी बच्चा समात्‍नुभन्दा अघि र पछि साबुनपानीले राम्रोसँग हात धुन पनि डब्लूएचओले सुझाएको छ ।

दिल्लीमा हालसम्म ४३५ कोरोना संक्रमित छन् भने ६ जनाको मृत्यु भएको छ

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।