Logo

प्रमुख समाचार

आज मन्त्रिपरिषद बैठक, लकडाउन थप्ने तयारी



नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको सन्दर्भमा गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन बढाउने लगायतका विषयमा आवश्यक निर्णय गर्न आज अपरान्ह मन्त्रिपरिषदको बैठक बस्दैछ ।

पहिलो चरणको लकडाउन चैत १८ मा सकिएपछि २५ गते मध्यारातसम्म बढाइएको लकडाउन भोलि सकिदैंछ । त्यसअघि नै यसबारे सोमबार अपरान्हको मन्त्रिपरिषद बैठकले निर्णय लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

स्वास्थ विज्ञहरूले पनि कम्तीमा एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन् भने कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिले समेत लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएको छ ।

छिमेकी देश भारत सरकारले लगाएको २१ दिनको लकडाउन आगामी बुधबार सकिनेछ । त्यसैलाई पुनरविचार गरेर नेपालले पनि आवश्यक निर्यण गर्ने बताइएको छ ।

कोरोनाको जोखिम कायम रहेकोले आवश्यक सतर्कता अपनाउन स्वास्थ विज्ञहरूको सुझाव छ । कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी भएको सरकार निकट स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।