अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीन केन्द्रित भएको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गरेका छन् ।
ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा निकै आक्रामक देखिएका ट्रम्पले डब्लूएचओले धेरै रकम अमेरिकासँग लिएको बताउँदै उनले भनेका छन्– ‘हामीलाई मजाक बनाइयो, संगठनमा अमेरिकाले ठूलो लगानी गरेको छ, तर उ चीन केन्द्रित भयो ।’
डब्लूएचओले कोरोना रोकथाममा चीनले राम्रो काम गरेको बताएपछी ट्रम्पले कडा अालोचना गरेका हुन् । सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेर अाफूले निकै राम्रो काम गरेको भन्दै ट्रम्पले प्रश्न गरेका छन्– ‘किन उनीहरुले हामीलाई यस्तो गलत सुझाव दिए ? संगठनको कुरा नमानी तत्काल नै चीनसँग हवाइ उडान रद्द गरेर राम्रो गरेको समेत ट्रम्पले बताए । यसबारे संगठनले भने केही बोलेको छैन् । गत वर्षको डिसेम्बर अन्त्यमा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरस देखियो । कोरोना विस्तारै फैलन थाल्यो अरु देशमा पनि । त्यसपछि जनवरी अन्त्यमा विश्व स्वास्थ्य संगठनले विभिन्न देशहरुलाई कोरोना महामारीका बावजुद पनि सीमानाका खुला राख्न सल्लाह दियो ।
हरेक देशले आफू अनुकूल नागरिकको सुरक्षा गर्न पाउने पनि उसले स्पष्ट पारेको थियो त्यतिबेला नै ट्रम्पले चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए । अहिले सीमानाका खुला राख्न भनेको भन्दै उनले अालोचना गरेका हुन् । चीनको वुहानबाट शुरु कोरोना संक्रमण विश्वका दुई सय भन्दा बढी देशमा फैलिएको छ। यसबाट अमेरिका निकै आक्रान्त बनेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । अहिलेसम्म अमेरिकामा ३ लाख ९६ हजार २ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ ।




















प्रतिक्रिया