काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीनजनालाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।
पाटन अस्पतालका निर्देशक बिष्णुप्रसाद शर्माले एकै परिवारका बुबा, आमा र छोरालाई र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको आशंका गरिएपछि थप पुष्ट्याइँका लागि पीसीआर विधिबाट परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
शर्माले देशसञ्चारसँग भने, ‘पीसीआर विधिबाट अन्तिम निर्क्यौल नआउँदासम्म पोजेटिभ भन्न मिल्दैन ।’ पाटन अस्पतालबाट ती तीनैजनाको स्वाब परीक्षणका लागि आइतबार अपराह्न टेकु पठाइएको छ ।
उक्त परिवार चैत ५ गते लण्डनबाट फर्केको थियो ।




















प्रतिक्रिया