Logo

प्रमुख समाचार

लकडाउनलाई निरन्तरता मात्रै होइन राहतमा मजदुर र विपन्नको पहुँच हुनुपर्छ: प्रदिप पौडेल



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउलाई निरन्तरता दिनु स्वभाविक भएपनि राहत वितरणमा मजदुर र विपन्न समुदायको सहज पहुँच स्थिति निर्माण गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेता पौडेलले लकडाउन त्रास बढाउन नभएर तयारी व्यवस्थित गर्ने र त्यसका लागि चाहिने स्वास्थ सामाग्री आवश्यकता अनुसार जुटाउने, चिकित्सक, स्वास्थकर्मीको मनोबल बढाउने, उपभोग्य सामाग्रीको सहज र सुपथ मुल्यमा खरिद गर्न पाउने कृषकलाई पनि क्षतिपूर्ति दिन पनि सुझाव दिएका छन् ।

त्यसका साथै राहतमा मजदुर र विपन्न वर्गका समुदायको पहुँच पुग्नुपर्नेमा भने उनको जोड छ । कोरोना भाइरसको संक्रमण विस्तार हुन नदिन सरकारले पुनः लकडाउन थप गर्ने तयारी गरेको छ । आजै बस्ने मन्त्रीपरिषद बैठकले लकडाउन थप गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार ११:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।