अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ संगठन (डब्लूएचओ) लाई अमेरिकाले दिंदै आएको सम्पूर्ण रकम रोक्न आदेश दिएका छन् ।
कोरोना भाइरस (कोभिड-१९) को महामारी अमेरिका फैलिएसँगै विश्व स्वास्थ संगठन सँग असन्तुष्ट रहेका ट्रम्पले केही दिनअघि मात्रै अमेरिकाले दिंदै आएको सहयोग रोक्ने चेतावनी दिएका थिए । यो चेतावनीलाई बेवास्ता गर्दै विश्व स्वास्थ संगठनका प्रमुखले कोरोना महामारी अमेरिका फैलनुमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ट्रम्प प्रशासनको हात रहेको भन्दै आलोचना गरेपछि ट्र्म्पले सम्पूर्ण सहायता रकम बन्द गर्ने आदेश दिएका हुन ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको शुरुवात चीनमा हुंदादेखि नै चीन आवतजावतमा यात्रा प्रतिबन्द लगाएकोले सो रोग धेरै फैलन नपाई करोडौंको जीवन जोगाएको दावी गर्दै आएका छन् । उनले विश्व स्वास्थ्य संगठनले सो यात्रा प्रतिबन्धको विरोध गरेको प्रसंग निकाल्दै सो संगठनको चर्को आलोचना पनि गरेका छन् । मंगलबार अपरान्ह सहयोग रकम बन्द गर्ने आदेश सार्वजानिक गर्दै उनले विश्व संगठनले चीनको पक्षधरता देखाएको र त्यहांबाट फैलिएको महामारीको ढाकछोप गरेको आरोप लगाएका छन् ।
अमेरिकाले विश्व स्वास्थ्य संगठनका लागि हरेक बर्ष ४ सयदेखि ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको छ । सहायता रोक्ने आदेश सार्वजानिक गर्दा ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनले जम्मा ४० मिलियन डलरमात्र दिंदै आएको पनि बताएका छन् ।




















प्रतिक्रिया