र्यापिड टेस्टको क्रममा बहराइन बाट नेपाल फर्किएका एक युवामा कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । आरुघाट गाउँपालिका – ५ का ३१ वर्षीय एक युवामा गरिएको र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ कार्यलय गोर्खाले जनाएको छ ।
ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यलयले आरुघाट गाउँपालिकामा गरेको र्यापिड टेस्ट गरेकोमा उनको मात्रै एन्टीबढी पोजेटिभ देखिएको हो ।
र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था नदेखिएको र अवस्था सामन्य रहेको बताइएको छ । उनलाई आरुघाट प्राथमिक स्वास्थ केन्द्रको आइसोलेसनमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको छ ।




















प्रतिक्रिया