Logo

प्रमुख समाचार

दोस्रो कोरोना संक्रमित युवती डिस्चार्ज



नेपालीकी दोस्रो कोरोना संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छिन् । शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाट उनी डिस्चार्ज भएकी हुन् ।

उनलाई चैत १० गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आफू पूर्ण रूपमा निको भएर घर फर्किन लागेको उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिइन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताइन् । काठमाडौ घर भएकी उनी चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

उनी आएको कतार एयरवेजको जहाजमा सँगै आएका बागलुङका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको धौलागिरी अस्पतालना उपचार भै रहेको छ ।

गत वर्षको माघ २९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठिक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने २८ जनाको उपचार भै रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।