Logo

विविध

सेलिब्रेटी का सेलिब्रेटी जुरी ठाकुर



१९ वर्षदेखि लगातार हेयर कटिङ पेशामा रहेका जुरी ठाकुरलाई सर्वसाधारण देखि सेलिब्रेटीसम्मले सेलेब्रेटी हेयर डिजाइनरका रूपमा स्मरण गर्छन् ।

कलाकार, पत्रकार देखि सर्वसाधारण सबैलाई सेवा दिन तत्पर रहन्छन् उनी । नयाँ बानेश्वरको खरिबोटस्थित उनको जुरी युनिसेक्स पार्लर सञ्चालन गरिरहेका ठाकुर ग्राहक भगवान् हुन् भन्दै लकडाउनको अवधिमा पनि सेवा प्रवाह गरिरहेका भेटिन्छन् ।

उनले कोरोना भाइरसबाट आफू बच्न र ग्राहकलाई बचाउन सरकारले अपनाएको सुरक्षा मापदण्डको पूर्णपालना गर्दै ग्राहकहरुलाई सेवा प्रदान गरिरहेका छन् ।

हेयर कटिङ पेशा ठाकुरको पुर्ख्यौली पेशा हो । उनी त्यही पुर्ख्यौली पेशाले सेलिब्रेटीका पनि सेलिब्रेटी बनेका छन् । मान्छेको अनुहार, वर्ण र साइज हेरेर हेयर डिजाइनिङ गर्नु ठाकुरको मुख्य विशेषता हो । कलाकार, पत्रकार, अफिसियल, जेन्टलम्यान अथवा सर्वसाधारण सबैको जस्तो व्यक्तित्व हो त्यही अनुरुपको हेयर डिजाइन दिन सक्नु नै उनको मुख्य विशेषता हो ।

उनको एकपटक सेवा लिन पुगेको ग्राहक त्यसपछि अन्त मोडिदैनन यहि नै उनको सफलताको राज पनि हो । त्यसैकारण पनि १९ वर्षदेखि एउटै ठाउँबाट निरन्तर सेवा प्रदान गरिरहेका छन् ।

लकडाउनको अवधिमा पनि उनको व्यस्तता कम छैन्, दैनिक दर्जनौं फोन आउँछ । तर ग्राहकको अवस्था र अत्यावश्यक हेरेर मात्रै सेवा प्रदान गर्ने गरेका छन् । कुनै समय ठाकुर अभिनेता राजेश हमालको पर्सनल हेयर ड्रेसरको रूपमा समेत चर्चित थिए ।

तर अहिले उनी आम कलाकार र पत्रकारको हेयर डिजाइनरको रूपमा प्रसिद्ध छन् । उनी कपाल काटेको रेट तोक्दैनन तर, ग्राहक खुशी भएर रेट भन्दा धेरै दिन्छन् । उनको सफलताको राज नै त्यही हो ।

महोत्तरी स्थायी घर रहेका ठाकुरले सुरुवातमा यो पेशा अंगाल्दा पाएका दु:खका धेरै कथा छन् । उनी आफ्नो विगतलाई आफ्नो संघर्षको अमुल्य निधीको रूपमा स्मरण गर्छन् । त्यसैलाई आफ्नो सिकाइ र अनुभवको पाठशाला मान्छ्न ।

उनको वर्तमान भने एकदमै फरक छ । उनी सफल हेयर डिजाइनरको साथै रोजगारदाता पनि हुन् । उनको पार्लरमा हाल सात जना हेयर डिजाइनरले रोजगारी पाएका छन् । भने उनले काम सिकाएकाहरु कतार, युएई, साउदी अरेबिया देखि इराकसम्म हेयर डिजाइनरकै रूपमा सेवा प्रदान गरिरहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार ०६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।