Logo

प्रदेश

रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या, एकको अवस्था अज्ञात



रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजार मैनहवामा सोमबार राती पाँच जनाको सामूहिक हत्या भएको छ ।

कुखुरा फार्ममा काम गर्ने ५ जनाको हत्या भएको र उक्त फर्ममा काम गर्ने अर्काे एक को अवस्था अज्ञात रहेको प्रहरीले बताएको छ । फरार रहेको सुर्खेतका झपेन्द्र सिंजालीको बारेमा प्रहरीले खोजि गरिरहेको छ । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।

अवेर राती भएको उक्त घटनामा सिंजालीको हात हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानसंगै फरारको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार ०७:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।