Logo

प्रमुख समाचार

लकडाउन आजैबाट खुकुलो, सबै किसिमका पसलहरु सञ्चालन गर्न पाइने



 

सरकारले आज (बिहीबार) देखि नै लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजार तथा पसल सञ्चालनको अनुमति दिएको छ सुरक्षा मापदण्ड अपनाएर सबै किसिमका पसल सञ्चालनको अनुमति दिएको छ ।

यस्तै बिहीबारदेखी नै जोर र बिजोर नम्बरको आधारमा निजि सवारी सञ्चालन गर्न दिने निर्णय गरेको छ । सार्वजनिक सवारी साधनमा ट्याक्सी चल्न दिइने भएको छ । लामो दुरी तथा अन्य सार्वजनिक सवारीका साधन भने अहिल्यै सञ्चालन गर्न पाइने छैन ।

लकडाउन जारी भएको ८० औं दिनदेखि जनजीवन सहज पार्न सरकारले जोरबिजोर प्रणालीका आधारमा निजि सवारी साधन सञ्चालन गर्न दिने भएको हो ।

के के खुल्ने
अस्पताललगायत अत्यावश्यक सेवा
कृषि कार्य
भौतिक पूर्वाधार निर्माण
आधा सिटमा सवारी सञ्चालन, जोर बिजोर प्रणाली
पसल व्यवसाय
उद्दोग तथा कलकारखाना
होटल

के के नखुल्ने
शैक्षिक संस्था
मनोरञ्जन स्थल
जीम हल
पौडी पोखरी
खेलस्थल

लामो दुरीमा सवारी

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार ०५:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।