Logo

समाचार

बागमति प्रदेशमा कोराना  संक्रमण १ सय ४४ जना पुगे



बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या हालसम्म १ सय ४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसबाट हालसम्म ४ जनाले ज्यान गुमाएका छन् ।
प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १ सय ३ जना अझै उपचाररत छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि कोरोना संक्रमणमा पहिलो रहेको काठमाडौंलाई चितवनसहित धादिङले समेत उछिनेको छ । कोरोना संक्रमितको संख्या धादिङमा २९ र काठमाडौंंमा २७ रहेको छ ।
रसुवामा भने हालसम्म १ जनामा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । यसअघि सङ्क्रमण नदेखिएको दोलखामा बुधबार २ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १०:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।