Logo

विविध

सवारी दुर्घटनामा ४ जनाको मृत्यु



मोरङ, सुन्दरहरैचा नगरपालिका-१० खूर्साने चोकस्थित सडकमा ना.३ ख ५६९१ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री लेटाङ नगरपालिका-२ बस्ने ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको शनिबार दिउँसो मृत्यु भएको छ ।  ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, बागमती गाउँपालिका-४ स्थित सडकमा प्रदेश नम्बर ३-०३-००१ प ८८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका-६ बस्ने ३० वर्षीय आशिक श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ बैंक चोकस्थित सडकमा ना.५ त ६६९१ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-६ नेर्पामोछा घर भएका ३५ वर्षीय गोराखनाथ गेलालको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाही, लालबन्दी नगरपालिका-७ स्थित सडकमा ना.४ ख २११८ नम्बरको ट्रकमा बा.१० प ५०९४ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय संजिव कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित टेक्सास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार ११:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।