Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा कोरानासँगै डेंगु रोगको महामारी



पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढीरहेको समयमा डेंगु रोगको महामारी पनि थपिएको छ ।

गण्डकी प्रदेशका ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका बिरामी भेटिएन थालेको छन् ।

हालसम्म उक्त प्रदेशमा २७ जना डेंगुका बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेंगु संक्रमित भेटिएका छन्। म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेका छन्। गण्डकीका पर्वतमा दुई तथा बागलुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेंगु संक्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजनाअनुसार लामखुट्टेको सर्वे गरिएको बताए।

प्रदेश सरकारले डेंगु रोग नियन्त्रणका लागि आवश्यक औषधि र सरसफाईमा ध्यान दिनका लागि पहल गर्दै गइरहेको छ ।
कोरोनाका विरारी क्वारेन्टाइनमा बसिरहेको अवस्थामा डेंगुको रोग पनि फैलिनक्रम सुरु भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १४:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।