Logo

खेलकुद

फेलिक्स चम्कँदा एथ्लेटिको म्याड्रिडको सानदार जित



युवा फरवार्ड जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनसँगै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत बुधबारको खेलमा ओसासुनालाई ५-० ले पराजित गरेको छ ।

पहिलो हाफमा एक गोल गरेको एथ्लेटिकोले दोस्रो हाफमा थप चार गोल गरेको हो । एथ्लेटिकोका लागि जोआओ फेलिक्सले २७ र ५६ औँ मिनेटमा गरी दुई गोल गरे ।

७९ औँ मिनेटमा मार्कस लोरेन्टे, ८२ औँ मिनेटमा अल्भारो मोराटा र ८८ औँ मिनेटमा कारास्कोले गोल गरेपछि एथ्लेटिको मड्रिड ५–० ले विजयी भएको हो ।

जितपछि एथ्लेटिको मड्रिड २९ खेलबाट ४९ अंकसहित चौथो स्थानमा उक्लिएको छ। ओसासुना ३५ अंकसहित ११ औँ स्थानमा छन् ।

ला लिगा अन्तर्गत बुधबार राति नै भएका खेलमा एथ्लेटिको बिल्बाओ र एइबरले २–२ तथा रियल भालाडोलिड र सेल्टा डी भिगोले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार ०६:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।