Logo

कर्णाली प्रदेश

कर्णालीमा थप २७ कोरोना संक्रमित थपिए



कर्णाली प्रदेशमा शुक्रबार थप २७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ८८ पुगेको छ । आज थप भएका २७ जना कोरोना संक्रमितहरु सुर्खेतका चार, डोल्पा १, सल्यान १०, जाजरकोट २, सुर्खेत ७, बाजुरा १ र दैलेखका २ जना रहेका छन् ।

त्यस्तै आज २६ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १३ सय ४७ पुगेको छ । भने ६ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । 

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १५:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।