जाजरकोट बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये ४ जनाको शव फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार बारेकोट– ४ का ५२ वर्षीय गोपाल सार्कीे, ११ वर्षीय अजुर्न सार्की र कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको हो ।
उनीहरू दुवैजना गाउँमा पाहुना बस्न गएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका थिए ।




















प्रतिक्रिया