म्याग्दीको पहिरोमा हराइरहेका मध्ये १२ जनाको शव फेला परेको छ भने २३ जना अझै बेपत्ता छन् ।
बिहीबार रातिको अविरल वर्षासँगै गएको पहिरोका कारण म्यादीमा धेरै मानिस हराइरहेका छन् । शुक्रबार पनि म्यादीमै तीन जनाको शव फेला परेको थियो ।
धवलागिरि गाउँपालिका ६ मराङमा एक बालक सहित ९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मराङमा एक सुत्केरी महिला सहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
उद्धार टोली अझै मराङ पुग्न सकेको छैन । मालिका बिममा भने टोली पुगेको छ । बिममा ९ जना पहिरोमा पुरिएका छन् । शुक्रबार उद्धार टोली लिएर हेलिकप्टर जान लागेको थियो । तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो ।
अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् । धवलागिरि गाउँपालिका ७ ताकमका पहिरोमा परि ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो ।




















प्रतिक्रिया