Logo

मनोरञ्जन

अमिताभ र अभिषेक पछि ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण



बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमिताभ र अभिषेक पछि अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो ।

जया बच्चनको भने दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ नै देखिएको छ । मुम्बईका मेयर किशोरी पेडनेकरका अनुसार जया, ऐश्वर्या र आराध्याको नेगेटिभ आएको थियो, तर पछि पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १५:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।