लेखक : युवराज सुवेदी / युवा तथा अनुसन्धानकर्ता
१ . केही यस्ता कुरा छन्
जो साच्चै अधुरा छन्
ज्यदै चम्कनेहरु पनि
भित्र अति मधुरा छन् ।
२ . हिंड्छन धेरै अनौठो रात बोकेर
आफ्नैले दिएको आघत बोकेर
जब बिगतका पानाहरु पल्टन्छन ।
जन्मिन्छ उपन्यास त्यो याद बोकेर
३ .अरबौको सहयोग सुनेयौ मात्र,काम देखिएन
बिपतमा नि ब्रहमलुट सयोगिको नाम देखिएन
राहात पाएको भन्दा दिएको चित्र देखाउनेको होड
कतै पनि भोको पेटले खाएको माम देखिएन ।
४ . हातकाे नाममा आएको त्रिपाल चोरिन्छ यो देशमा
सुनिन्छ रोइरहेका पीडितकै घर फोरिन्छ यो देशमा
गाउँ घर भत्किएर सारा मानिसहरु पुरिदा पनि कठै
बचाउछन येसुले भनी धर्मकै प्रचार गरिन्छ यो देशमा ।
५ . छटपटि भो भोक लाग्यो खाना चाहियो सरकार
जाडो लाग्यो लाज छोप्न नाना चाहियो सरकार
कति लड्छौ लडाउछौ कहिलेसम्म जनतालाई
स्वाभिमानी एकताको गाना चाहियो सरकार ।
६. दिएको त्यो दिल फेरि साट्न सकिने भए
चुडेको त्यो मनको रसि बाट्न सकिने भए
एउटा छ मन मुटु मिल्थ्यो भने आझै मैले
पक्कै पनि बाडिदिन्थे काट्न सकिने भए ।
७ .अास्थाकाे पबित्र एउटा मन्दिर बनाउछु
देउता खोज्ने ती आत्मालाइ स्थिर बनाउछु
सबैको उपकार गरेरै बितोस मेरो जिवन
आफ्नो त जे होला अरुको तक्दिर बनाउछु ।
८ . सक्छाै एउटा सुन्दर स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ
मरेर मान्छेहरु स्वर्ग जान्छ भन्छन
यो पृथ्वी र स्वर्ग जोड्ने पुल बनाऊ।
९. चाहिदैन कोहि एक्लै रमाउनको लागि
लाग्दैन डर अब आगो समाउनको लागि
युबराज एक्लै काफि हुनेछ,हेर्दै गर्नु मित्र
रावणको स्वणीम लङका जलाउनको लागि ।
१० . जहिले सम्म पापीको चिहान हुदैन
निस्चित छ, मुस्कानको बिहान हुदैन
कहिलेही त्यो ठाउमा टिक्दैनुयुबराजु
जहा कैल्यै मानिसको सम्मान हुदैन ।
११ . उधारोमा मलाई नै कसैले लिएर गयो
सराबिले अचेत हुने गरि पिएर गयो
म तेरो संसारलाई उज्यालो पारिदिन्छु
यसरि जुनकिरीले चुनौती दिएर गयो ।
१२. सजिलैसँग तेल र पानी अब साच्चै तर्काइदिन्छु
षड्यन्त्रका तिम्रा पर्खाल अब हेर्नू चर्काइदिन्छु
सधै मौनताको फाइदा लिन नखोज ऐ महासय
बिनासकारी प्रकृतिहरु सारा उतै फर्काइदिन्छु ।
१३ . लगाउ भनिन पिरती आट्न सकिएन
बनाउछु आफ्नो भनी ढाट्न सकिएन
पिरतिका बगैचामा फुलहरु ओइलाउदा
सुन्दर माला बनाएर बाट्न सकिएन।
१४ . तिर्खा लाग्दा प्यास मेट्ने खोली हेर्दै गर्नु ।
घुम्टो ओडि लजाउने डोली हेर्दै गर्नु ।
म सङ्ग केही छैन हुदा सारा सुम्पियर ।
न्यानो माया अटाउने झोली हेर्दै गर्नु ।
१५ . छैनन् होला सायद मेरो इन्ताजार गर्नेहरु
थुप्रै थिए मौका छोपी छुरा प्रहार गर्नेहरु
सधै ती मानिस भित्र ुमनु मैले खोजिरहे
भेटीएनन आज कोहि मलाइ प्यार गर्नेहरु
१६ . स्देशकै जासुसि गर्ने अधर्मीको खेल हेर्नूस त,
देखाउछ स्वाभिमान बेसर्मीको खेल हेर्नूस त,
बिज्ञापन गरि देशै बेच्न पनि पछि नपर्ने भए,
दलाली ती सञ्चार कर्मीको खेल हेर्नूस त,
१७ . हामी दुबैमा जीवनको भार अलग्गै थियो।
चोट एउटै हुनसक्छ तर धार अलग्गै थियो ।
तिमी कसैको इसारामा चलेउ म आफ्नै इसारामा।
चल्नु चलाउनुको पनि सार अलग्गै थियो ।
१८ . विहानसगैं म न्यानो घाम पठाईदिन्छु,
सबैसग पबित्र मन होस धाम पठाईदिन्छ,
बडीरहेछ रावणको ज्यादती सहन गर्नू मेरो भाई,
सत्यको लागि अन्तिम युद्द राम पठाईदिन्छु,।




















प्रतिक्रिया