मेष : ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ) आयआर्जनको क्षेत्रमा सुधार आउनुका साथै धार्मिक कार्यहरुमा मन जाने छ ।
न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगति हुने छ । नयाँ बस्त्र लगाउने अवसर प्राप्त हुने छ ।
वृष : ( इ,उ,ए,ओ,वा,वि,वु, वे,वो ) पढाइ लेखाइमा मन जानुका साथै चिताएका मनको आकंक्षा पुरा हु्ने छन् । रोकिएका अधुरा कामहरु पुरा हुने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छ ।
मिथुन : ( का,की,कू,घ,ङ,छ,के,को,हां) समाजिक र परिवारिक सम्बन्धमा चिसोपनदेखिन सक्छ । घरायसी समस्या बढ्ने छ । मित्रहरुको वचन नगर्दा आर्थिक हैरानी बेहोर्न पर्ला ।
कर्कट : ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आज कार्यसम्पदानमा सहजतता मिल्ने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । श्ुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
सिंह: (मा, मि,मु मे,मो,टा,टि,टु,टु,टे ) मनोरञ्जनमा सहभागि भइएला पुर्नर्मिलनको योग रहेको छ । आश मरेको काम बन्ने छ । अरुको मन जित्न सकिने छ । दाम्यत जीवन सुखमय हुने छ । अचल सम्पत्ती हात पर्ने छ ।
कन्या : (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । स्वाथ्य सम्बन्धी चिन्ता बढ्ने छ । नयाँ कार्यको योजना बन्ने छ । विना प्रतिस्पार्धा फाइदा लिन सकिने छ ।
तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चिताएको काम बन्ने छ ।चुनौतिको समाना गरी गलत निर्णय लिन पुगिने छ सचेत रहन आवश्यक होला ।
बृश्चिक: ( तो,ना,नी,नू,ने,नो,या,यी,यू् ) प्रयत्न गर्दा पनि उपलब्धी पाउन मुस्किल पर्ने छ । आर्थिक कारोबारमा मन्दी आउने छ । प्रेम सम्बन्धमा मनमुटाव सिर्जना हुने छ ।
धनु : ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) धार्मिक तथा समाजसेवामा मन जाने छ । र ाजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यक क्षेत्रमा रुचि बढ्ने छ । आँटेको र तोकेको कार्य पुरा हुने छ ।
मकर : ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक कार्यमा सफलता मिल्ने छ । नयाँ कार्यको योजना बन्ने छ । वित्तिय संस्थाबाट सहयोग पाइने छ । नयाँ कार्यको योजना बन्ने छ । बोलीको प्रभाव बढ्ने छ ।
कुम्भ : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक काममा सफलता मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ ।
मीन :(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा मनमुटावका साथै मन कमजोर आफ्नो अधिकार प्राप्तका लागि संघर्ष गर्नुपर्ला शिक्षामा बाधा आउने छ । मन विचलित रहला ।




















प्रतिक्रिया