जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारतको नयाँ दिल्ली जान लागेका छन् ।
भट्टराईको पेटमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा लामो समयदेखि परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले डाक्टरहरुले न्युरो(इन्डोक्राइनको ट्युमर( Neuroendocrine Tumour ) भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् ।
उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ।




















प्रतिक्रिया