Logo

सूचना/प्रविधि

देशको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुन्छ: सन्चारमन्त्री गुरुङ



सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल समस्या देखिए पनि राजनीतिक दलहरु आपसी छलफल गरी निचोडमा छिट्टै पुग्ने विश्वास व्यक्त गरे । उनले सरकार र पत्रकारबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै महासङ्घको नयाँ नेतृत्वसँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा  बेल्जियम, जर्मनी, डेनमार्क र फ्रान्सका लागि नेपाली राजदूतहरू राजदूत गेहेन्द्र राजभण्डारी, रामकाजी खडका, युवनाथ लम्साल र दीपक अधिकारी, पत्रकार महासङ्घका केन्द्रिय सचिव लक्ष्मी पुन, गैरआवासीय नेपाली सङ्घका केन्द्रिय महासचिव डा हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आर्चाय, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगी तथा प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौलाले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।  

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार ०९:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।