बारा, बर्दिया र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
बारा, कलैया उपमहानगरपालिका-३ ट्राफिक पोष्ट अगाडि सडकमा ना.१ ज ८८३९ नम्बरको म्याजिक भ्यानले ना.४ प ५१२४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक प्रसौनि गाउँपालिका-५ प्रसतोका बस्ने ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, मधुबन नगरपालिका-३ स्थित सडकमा भे.१ त ५१७७ नम्बरको गुडिरहेको ट्याक्टरबाट खसेर आइतबार बिहान सोही ठाउँ बस्ने २० वर्षीय श्याम बहादुर थारुको मृत्यु भएको छ । खसेर गम्भीर घाइते भएका उनको भेरी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित सडकमा ग.१९ प ३७०६ नम्बरको मोटरसाइकल र ग.१३ प ६२५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-८ पाटन बस्ने २२ वर्षीय सन्देश भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया