Logo

राजनीति

आज विवेकशीलले संविधानमाथिको ओली ‘कू’ का विरुद्ध प्रदर्शन गर्दै



विवेकशील साझा पार्टी नेपालले सोमबार (आज) संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ‘कू’ विरुद्दमा आवाज बुलन्द गर्न शान्ति वाटिका, रत्नपार्कमा भेला हुने बताएको छ ।

पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले दिएको जानकारी अनुसार आज दिउँसो ४ बजे प्रतिगमन र संसद विघटनका विरुद्दमा प्रदर्शन गर्न लागेको हो । “२००७ साल यताको राजनीतिको मुल्यांकन गर्ने हो भने त्यसले दुई पुस्ताको जिन्दगी बर्बाद गरिसक्यो । तेस्रो पुस्ताको जिन्दगी नि बर्बाद हुँदैछ । हामी त्यसलाई ट्र्याकमा लेराउन दृढ छौँ,” अध्यक्ष मिश्रले भने । 

कार्यक्रममा अध्यक्ष मिश्र सहित सचिवालय सदस्य रन्जु दर्शना, केशव दाहाल लगायतको उपस्थिति रहने छ । 

Capture.JPG

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ०७:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।