Logo

विविध

दशगजा क्षेत्रमा सयौ बर्ष पुरानो मूर्तिफेला, नियन्त्रणमा रहेका महोत्तरीका युवक रिहा



जनकपुधराम । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको महोत्तरीका युवक रिहा भएका छन् । माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पारेका महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहाका २० बर्षीय बलिन्द्र सदालाई बुधबार दिउँसो एसएसबीको टोलीले नियन्त्रणमा लिएको थियो । सीमा पारी एक पोखरीमा माछा मार्न गएका उनले पोखरी छेउमा कुश उखेल्ने क्रममा मूर्ति फेला परेका थिए ।

मूर्ति कहाँ भेटाएको हो भन्दै ठाउँ देखाउन बोलाएको एसएसबीले उनलाई भारतीय सीमाबाटै नियन्त्रणमा लिएको थियो । तर उनलाई बुधबार साँझ छाडिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । ‘उनी एसएसबीको नियन्त्रणमा रहेको जानकारी पाए लगतै हामीले भारतीय सुरक्षा बलसँग समन्वय गरेका थियौं’ उनले भने, “त्यही आधारमा उनी छुटेका छन् ।’

उनी आफ्नो घर आइपुगेको कटुवालले बताए । सदाले फेला पारेको बुद्धको मूर्ति उनीसँगै छ । यसबारे अनुसन्धान गर्न देशका सुरक्षाकर्मीबीच छलफल भएको र तत्काल सदाकै घरमा राखिएको उनले बताए । ‘अनुसन्धान भएपछि मूर्ति कसलाई दिने भन्ने निष्कर्ष निकालिनेछ’ उनले भने ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार २१:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।