Logo

कर्णाली प्रदेश

आज कर्णालीमा सार्वजनिक बिदा



कर्णाली प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णयअनुसार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए ।

सरकारले गत वर्षदेखि नै भदौ ४ गतेलाई प्रदेश स्थापना तथा सहिद दिवसका रूपमा बिदा दिने निर्णय गरेको थियो । कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरको ज्यान गएको थियो । उनीहरूकै सम्झनामा प्रदेश स्थापना र सहिद दिवस एकैदिन मनाउने गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०९:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।